हराएकी महिला मृत फेला

गोरखा- गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया