प्रियंकाले पतिको थर नलेखेपछि चलेको हल्ला

मुम्बई - बलिउड÷हलिउड अभिनेत्री प्रियंका चोपडाले सोमबार राति ट्वीटर र इन्स्टामा अचानक आफ्नो परिवर्तन गरिन् । प्रियंका चोपडा जोनास नाममा सामाजिक सञ्जाल चलाइरहेकी प्रियंकाले गरेको यो परिवर्तनले धेरै जासुसलाई जिज्ञासु बनायो ।
जासुसहरूले निष्कर्ष निकाले, ‘प्रियंका आफ्ना पति निक जोनाससँग छुट्टिँदैछिन् ।’ सामान्यतया सेलेब्रेटीको सम्बन्ध बिग्रिएको संकेत यस्तै चिजबाट पाइन्छ । उनीहरू सामाजिक सञ्जालमा एक अर्कालाई पछ्याउन छाड्छन् । भर्खर विवाह सम्बन्धबाट अलग भएका दक्षिण भारतीय कलाकार सामान्था र नागा चैतन्यको विच्छेदको सुरुवात पनि यसरी नै भएको थियो । सामान्थाले नागा चैतन्यलाई इन्स्टामा फ्लो गर्न छाडेको देखेपछि सञ्जालका जासुसले दुवैका बीचमा हार्दिक सम्बन्ध नरहेको खुलासा गरेका थिए ।
यता प्रियंकाले पनि पतिको थर छाडेपछि मंगलबार बिहानैदेखि विच्छेदको हल्ला चल्यो । यो देखेपछि प्रियंकाकी आमा मधु चोपडाले मुख खोलिन् र बजारमा चलेको हल्ला गलत भएको स्पष्टिकरण दिइन् । यता प्रियंकाले भने थाहा पाएर पनि के जवाफ दिइरहनु भनेर वा हो अरु कुनै कारणले हो यसमा प्रतिक्रिया दिनुको साटो ‘म्याट्रिक्स ४’को फस्ट लुक सार्वजनिक गरिन् । हलिउडको व्यापारिक र समीक्षात्मक दुवै रुपमा अत्यधिक सफल फिल्मको शृंखलामा प्रियंका सतीको भूमिकामा छिन् ।
तर सामाजिक सञ्जालका जासुसले पति निक जोनासको थर मात्र छाडेको देखे पनि प्रियंकाले सञ्जालमा आफ्नो थर पनि त्याग गरेकी छिन् । अहिले ट्वीटर र इन्स्टामा उनलाई प्रियंका भनेर मात्र लेखेको देख्न सकिन्छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया