पूजा छुटेपछि पुरानासँग जुट्दै सुदर्शन थापा

काठमाडौँ - अबको केही समयपछि सन्तोष सेनको फिल्मको निर्देशक सुदर्शन थापा घोषित भए भने अचम्म नमान्दा हुन्छ । दुवैले सोमबार स्ट्याटससहित सामूहिक तस्बिर राखेर यसको संकेत दिइसकेका छन् ।
तर, यो कुराको समाचार किन बनाउनु पर्यो भने ‘प्रेमगीत’ रिलिजपछि दुवैबीचको सम्बन्ध इजरायल र प्यालेस्टाइन जस्तो थियो । एक अर्कालाई सिध्याएर मात्र छाड्ने किसिमको । यो झगडाको केन्द्रमा थिइन्, अभिनेत्री पूजा शर्मा । सुदर्शनले नै डेब्यु गराएको भए पनि यो लडाइँमा प्रदीप खड्काले सन्तोष सेनलाई साथ दिए । एकातिर सुदर्शन र पूजा अनि अर्कोतिर प्रदीप र सन्तोष सेन ।
फास्ट फरर्वाड । केही समयअघि सुदर्शनले मोडल सुप्रिया कटवालसँग इंगेजमेन्ट गरे । इंगेजमेन्टमा पूजाले सुदर्शनबाट निम्तै पाइनन् । दुनियाँबाट यो कुरा लुकाउन पूजाले सुदर्शनकै इंगेजमेन्टको दिन म्युजिक भिडियोको सुटिङ राखेकी थिइन् । तर त्यो भिडियो पनि बनेन । पूजा त्यो दिन फुर्सदमा थिइन् । सुदर्शन र पूजाको सम्बन्ध अमिलो भएको यो ठूलो प्रमाण थियो ।
यति मात्र होइन पूजासँग पानी बाराबार भएका पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा सहभागी भएर सुदर्शनले सम्बन्ध सुधारको अभियानलाई तीव्रता दिएको प्रमाण थियो । यसको केही समय अघि मात्र सुदर्शन नै प्रकाश सुवेदीको कार्यक्रम बन्द गराउनुपर्ने अभियानमा थिए ।
किनकि प्रकाश सुवेदीले पूजालाई कार्यक्रममा उनको शारीरिक बनौटलाई लिएर टिप्पणी गरेका थिए । पूजा र सुदर्शनले कलाकार संघको समेत साथ लिएर प्रकाश सुवेदीलाई माफी माग्न बाध्य बनाएका थिए ।
सोमबार सुदर्शन र सन्तोष सेनले पालैपालो एकै तस्बिर सेयर गरे । सार्वजनिक समारोहमा धेरै पटक दुवैका कुम ठोक्किएका होलान् तर सामाजिक सञ्जालमा नै भेटघाटको तस्बिर राख्नुले बताउँथ्यो, पूजाका कारण सुरु भएको तीतो दुवै अब बिर्सन चाहान्छन् । प्रकाश सुवेदीपछि सन्तोष सेन सुदर्शनले सपारेको अर्को सम्बन्ध थियो ।
यति मात्र होइन, बीचको समयमा उनले निर्माता पुनम गौतमदेखि सम्बन्ध बिग्रिएका धेरैसँग सम्बन्ध सुधारेका छन् । विगतका धेरै उदाहरणले देखाएका छन्, सिनेमा क्षेत्रमा कोही कसैको दीर्घकालीन शत्रु हुँदैन । मित्र पनि हुँदैनन् त्यो अलग कुरा हो । तर हामी त चाहान्छौँ, रचनात्मक मानिसहरू झगडा गरेकोभन्दा मिलेकै बेस !

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया