राजदूत खतिवडाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी राजदूत नियुक्त भएको पर्सिपल्ट नै पद तथा गोपनियताको शपथ लिएका हुन् ।
अमेरिकाबाट सहमति नै नआउने सम्भावना रहेको रिपोर्टिङ परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई दिंदा जसरी नि सहमति ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए । सोहीकारण सहमति आएकै भोलिपल्ट नियुक्ति र नियुक्तिकै पर्सिपल्ट शपथ खुवाउने काम भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागितामा उनले सपथ लिएका थिए । लगातार राजनीतिक नियुक्ति खाने मध्येका उनी यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । त्यसअघि उनी अर्थमन्त्री थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया