भारतमा एनएफडीसीमा गाभिए ४ फिल्म संस्था

दिल्ली : भारतको सूचना तथा प्रसारण मन्त्रालयले यो मातहत रहेको ४ वटा फिल्म संस्था ‘नेसनल फिल्म डेभलपमन्ट कर्पोरेसन (एनएफडीसी)’ मा गाभेको जानकारी गराएको छ । मन्त्रालयले बिहीबार सरकार मातहत रहेका फिल्म डिभिजन, डिरोक्टोरेट अफ फिल्म फेस्टिभल्स, नेसनल फिल्म आर्काइभ्स र चिल्ड्रेन फिल्म सोसाइटी एनएफडीसी अन्तर्गत रहने गरी गाभिएको जानकारी गराएको छ ।
‘अब देखि बेग्लाबेग्लै रुपमा काम गरिहेका संस्थाले एकै छानामुनि रहेर काम गर्नेछन् । फिल्म मिडिया युनिटको एकाकारले कुनै पनि छिटो छरितो र एकै ठाउँबाट हुनेछ,’ मन्त्रालयले भनेको छ । ४ संस्थामध्ये फिल्म डिभिजन सन् १९४८मा स्थापना भएको यो । यसले डकुमेन्ट्री बनाउनेसँगै लघु फिल्म र सरकारी कार्यक्रमको भिडियो रेकर्ड राख्ने काम गर्दै आएको थियो ।
चिल्ड्रेन फिल्म सोसाइटी भने सन् १९५५ मा स्थापना गरिएको थियो । यसले बालबालिका लक्षित फिल्म फिल्म बनाउने काम गर्दै आएको थियो । यसैगरी, नेसनल फिल्म आर्काइभले भने भारतीय सिनेमाको इतिहासलाई संरक्षण गर्दै आएको छ । , डिरोक्टोरेट अफ फिल्म फेस्टिभल्सले भने भारतका विभिन्न राज्यमा फिल्म फेस्टिभल गर्दै आएको छ । माउ संस्था एनएफडिसीले भने सरकारी बजेटमा अर्थपूर्ण फिल्म बनाउँदै आएको छ । यसले बनाएका फिल्ममा ‘जाने भि दो यारो’ ,‘गान्धी’, ‘मिर्च मसाला’, ‘लन्चबक्स’, ‘माझी’ चर्चित मानिन्छन् ।
सरकारले केही समय पहिले ओटीटी प्लेटफर्मका फिल्ममा पनि निगरानी गर्ने निर्णय गर्न लागेको समाचार बाहिरिएका थिए । अब ओटीटीलाई पनि एनएफडीसी अन्तर्गतको निकायले अनुगमन गर्ने पनि बिहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ । चार संस्थालाई गाभ्ने सरकारको निर्णयलाई निर्देशक तथा निर्माता सुभास घईले स्वागत गरेका छन् ।
उनल् ट्विट गर्दैै सरकारको कदम ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । ‘बेग्लाबेग्लै ठाउँमा बेग्ला बेग्लै मान्छेसँग भेट्नुभन्दा एकै ठाउँमा काम हुनु धेरै राम्रो हो । उद्योग र कलाकार सबैका लागि सजिलो हुन्छ ,’ उनले लेखेका छन् । निर्माता, वितरक, प्रदर्शक, स्टुडियो मालिक आदि सम्मिलित फिल्म फेडरेसन अफ इन्डिया भने स्वायत्त संस्था हो । यसैले भारतबाट अस्करमा सहभागी हुने फिल्म पनि छानेर पठाउने काम गर्ने गरेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया