प्रदेश १ का ६ जनाले गरे ओली समूहको केन्द्रीय समितिमा बस्न अस्वीकार

विराटनगर : नेकपामा ओली समूहले विस्तार गरेको केन्द्रीय समितिमा प्रदेश १ का ६ जनाले बस्न अस्वीरकार गरेका छन् । उनीहरूले केन्द्रका नेताकै भरमा कुनै गुटमा नबस्ने भन्दै ओली समूहको केन्द्रीय समिति अस्वीकार गरेका हुन् ।
समूहले समितिमा मनोनयन गरेकी प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य झापाका गोपालचन्द्र बुढाथोकी र उदयपुरकी प्रदेशसभा सदस्य कला घले खोटाङकी प्रदेशसभा सदस्य उषाकला राई, ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फे र नेकपा खोटाङका सचिव राम दंगालले पनि उक्त पद अस्वीकार गरेका हुन् । ओलीले प्रदेश १ वाट ८७ जनालाई नयाँ सदस्य मनोनयन गरेका थिए ।
‘अहिले म कुनै समूहमा लागेको छैन्,’ प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले इकागजसंग भने, ‘केन्द्रीय समितिमा बसेर काम गर्न नभ्याउने भएर हो । अहिले नै यो समूहमा लागे भनेको हैन ।’
उनले आफू जिल्लाका नेता तथा कार्यकर्तासंग छलफल गरेर मात्र कुन समूहमा लाग्ने भन्ने टुङगो लगाउने बताए । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको धारणा पनि उस्तै छ ।
‘नेताहरूकै भरमा कुनै समूहमा भन्दा पनि साथीहरूसंग सल्लाह गरेर मात्र निर्णय लिन्छु,’ उनले भनिन्, ‘कामै गर्न त केन्द्रीय समिति नै किन चाहियो ? प्रदेश जिल्ला पनि छँदै छ नि ।’
प्रदेशसभा सदस्य कला घले आफूले केन्द्रीय समितिमा नबस्ने निर्णय गरे पनि कुन समूहमा जाने भन्ने निर्णय गर्न बाँकी रहेको बताउँछिन् । तर खोटाङकी प्रदेशसभा सदस्य उषाकला राईको भनाइ भने फरक छ । ‘मैले ओली समूहमा रहन नसक्ने निर्णय गरी सके, त्यसैले केन्द्रीय समितिमा नबसेको हो,’ उनले भनिन्, ‘म प्रष्ट रुपमा त्यो समूहमा छैन् जुन कुरा मैले सामाजिक सञ्जालमा समेत लेखि सकेकी छु ।’
यस्तै संविधानसभाका सदस्य ताप्लेजुङका डम्बरध्वज तुम्बाहाम्फेले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै ओली समूहको केन्द्रीय सदस्यमा नबस्ने जनाएका हुन् । उनले पार्टीको बहुमत केन्द्रीय सदस्यहरूले प्रतिनिधित्व गरेको दाहाल–नेपाल अध्यक्ष रहेको नेकपामा आवद्ध रहेको व्यहोरा विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
यसैगरी ओली समूहले केन्द्रीय सदस्यमा राखेका नेकपा खोटाङका सचिव राम दंगालले पनि उक्त पद अस्वीकार गरेको सामाजिक संजालमार्फत जनाएका छन् । ओलीले प्रदेश १ बाट ८७ जनालाई नयाँ सदस्य मनोनयन गरेका थिए । जसमा झापाबाट १८, मोरङबाट १७, सुनसरीबाट ८, उदयपुरबाट ९, खोटाङबाट ५, भोजपुरबाट ४, सोलुखुम्बुबाट ५, ताप्लेजुङबाट ५ तथा धनकुटा, तेह्रथुम, सखुवासभा, पाँचथर, इलाम र ओखलढुङ्गाबाट ३–३ जना मनोनित गरेका थिए ।
प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरू दाहाल–नेपाल समूहमा
नेकपा प्रदेश १ का १४ मध्ये १३ जिल्लाका इन्चार्जहरूले कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कमदको विरोध गरेका छन् । बिहीबार १३ जिल्ला इन्चार्ज, विराटनगर महानगरपालिकाका इन्चार्ज र खोटाङ जिल्ला सह–इन्चार्जले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
विज्ञप्तिमा पार्टी एकताका वैैचारिक–राजनैतिक आधार र भावनाहरुमाथि गम्भीर प्रहार गर्दै पार्टीको सर्वस्वीकृत संगठनात्मक सिद्धान्त विधि र पद्धतिमाथि ठाडो धावा बोलेर चरम व्यक्तिवादी गतिविधिगरी पार्टी फुटाउने दुस्साहस गरेको उल्लेख छ । पार्टीभित्र गम्भीर छलफल, बहस, समीक्षा, र रुपान्तरणको अभियान चलिरहेको बेला पार्टीलाई छलेर असंवैधानिक ढंगले ओलीले प्रतिगामी शक्तिको हितमा हुने गरी पार्टी विभाजन गर्ने प्रयत्न गरेको भन्दै जिल्ला इन्चार्जहरुले विरोध गरेका हुन् ।
प्रदेश १ ताप्लेजुङका इन्चार्ज भाष्कर काफ्ले, पाँचथरका इन्चार्ज इन्द्रबहादुर आङ्बो, इलामका इन्चार्ज धिरेन्द्र शर्मा, झापाका इन्चार्ज रविन कोइराला, मोरङका इन्चार्ज भनेन्द्र बस्नेत, सुनसरीका इन्चार्ज धर्मराज निरौला, धनकुटाका इन्चार्ज हेमराज भण्डारी, तेह्रथुमका इन्चार्ज जयन्ती राई, संखुवासभाका राजेन्द्र राई, भोजपुरका इन्चार्ज सुदन रिाँती, सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई, ओखलढुंगाका इन्चार्ज यज्ञराज सुनुवार, र उदयपुरका इन्चार्ज बलदेव चौधरीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
यस्तै प्रदेश १ का एकमात्र महानगरपालिका विराटनगरका इन्चार्ज शिवकुमार मण्डल र खोटाङका सहइन्चार्ज समिता कार्कीले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया