भरुवा बन्दुकको छेउमा मृत भेटिए बोहरा
कैलाली - कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नपा वडा ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छाइएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।
शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए ।
सामुदायिक वनका वनहेरालु छत्र बहादुर धामी र जसुवा धामीले वन गस्तीको क्रममा सामुदायिक वनको पानी पोखरी नजिकै बोहरालाई मृत अवस्थामा फेला परेका थिए ।
मृतक शिकार गर्न जाने क्रममा विद्युतीय पासोमा परेर मरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । तार ११ केभी प्रसारण लाइनबाट हुक गरेर १ किलोमिटर वन क्षेत्रमा विच्छाएको फेला परेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया