सरकारको कदमविरुध्द कांग्रेसले सोमबार मुलुकभर प्रदर्शन गर्ने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते मुलुकभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
'बैठकले नेपाल कम्युनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ,' बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसमा तत्काल आन्दोलन गर्ने कि, सर्वोच्च अदालतमा पर्को रिटको फैसला आएपछि आन्दोलन गर्ने भन्नेमा विवाद थियो । पार्टीको संस्थापन पक्ष सर्वोच्चको फैसला आएपछिमात्रै आन्दोलन गर्ने पक्षमा थिए भने नेता रामचन्द्र पोडेल पक्ष तत्काल अआन्दोलन गर्ने पक्षमा थियो ।
बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह र अर्जुननरसिंह के.सी.ले धारणा राखेका थिए । बैठक दिउसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया