जनतामा जान डराउनेले आन्दोलन घोषणा गरे : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले प्रतिनिध सभा विघटन गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै आफ्नो समूहको नेकपाको अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन् ।
अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरूले पार्टी फुटाएको पनि बताए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरूले आन्दोलनको घोषणा गरेको बताए । जनतामा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीले बताए ।
देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि ओलीले बताए । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको उनको भनाइ छ ।
गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताए । अन्तिम समय सम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाको भनाइ थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया