गण्डकीका मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले ५२५, कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा ५०५, महेन्द्रध्वज जिसी ४८५, अशोक बस्ताकोटी ४६५, मदनभक्त अधिकारी ४५७, बालकृष्ण घिमिरे ४४७, गोकुल सापकोटा ४२४, भरतराज तिवारी ४१४ र ओमप्रसाद सापकोटा ३८५ छन् ।
त्यस्तै महिला खुलातर्फ ओमकला गौतम ५३१, विष्णुकुमारी कँडेल ४६१, सङ्गीता घिमिरे काफ्ले ४४३, विष्णुदेवी पाण्डे ४०३ हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित भएका छन् । भट्टचनले ६७० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गरेका थिए ।
सचिवमा अमृत श्रेष्ठ ५८७ र शालिकराम सापकोटा ५६४ निर्वाचित भएका छन् । सहसचिवमा टीकाराम सापकोटा ५८३ मत र तेजप्रसाद घिमिरे ५८० विजयी भएका निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया