उदयपुरका दुवै क्षेत्रमा संस्थापन पक्षका उम्मेदवार विजयी

विराटनगर - नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका दुईवटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापतिका उम्मेदवारहरू विजयी भएका छन् । क्षेत्र नम्बर १ मा चौदण्डीगढी नगरपालिकाका मेयर रहेका खगेन्द्र राई र क्षेत्र नं. २ मा रामकुमार राई निर्वाचित भएका हुन् ।
क्षेत्र १ का खगेन्द्र राईले इतर पक्षका बसन्त बस्नेतलाई १० मत र क्षेत्र २ का रामकुमार राईले रामकुमार खत्रीलाई १५ मतले पराजित गरेका हुन् । खगेन्द्रले ३४४ मत र रामकुमार राईले ३१९ मत ल्याएका छन् ।
निर्वाचित दुवैजनालाई प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल खड्काको समर्थन रहेको थियो । क्षेत्र १ मा पदाधिकारीहरु पनि संस्थापन पक्षकै निर्वाचित भएका छन् । १ को सचिवमा शुशिल खत्री र सन्तोष कोइराला, सहसचिवमा ओमकार कटेल र बेचुदास चौधरी विजयी भएका हुन् । त्यस्तै २ को सचिवमा मोहन सिंह ठकुरी र हिरा कुमार कार्की, सह–सचिवमा कमद बहादुर कटुवाल र विरेन्द्र कुमार राई विजयी भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया