प्रधानन्यायाधीश जबराविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च हुने
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।
नेपाल बार, सर्वाेच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।
चरणवद्ध आन्दाेलनमा रहेकाे बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेकाे छ ।
बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया