प्रदेश २ मा छायांकन गर्दा होटल तथा यातायातमा छुट पाइने

बारा - होटल तथा पर्यटन व्यावसायिक संघले प्रदेश न २ मा चलचित्र छायाकन गर्दा होटल बसोबास तथा यातायातमा विशेष छुट दिने बताएको छ । संघले चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजले गरेको आधारभूत फिल्म निर्माण कार्यशालाको समापनमा बोल्दै हान अध्यक्ष विजय झुनझुनवाला र पर्सा होटल व्यवसायी संघका महासचिव टब्रेज आलामले यो घोषणा गरेका हुन् ।
सो अवसरमा बागमती नगरपालिकाको भरत तालमा फिल्म छायांकन स्टुडियो निर्माणको लागि जमिन उपलब्ध गराउने, बागमती नगर पालिकाले समृद्धि नामक फिल्म बनाउने समेत घोषणा गरिएको थियो ।
प्रदेश न २ निजगढमा सचालित ७ दिने चलचित्र निर्माण आधारभुत (क्र्यास कोर्स)प्रशिक्षण कार्यक्रममा ३१ प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षार्थीलाई चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रकाश भट्टराई, युवराज लामा, निखिल उप्रेती, पुरुषोत्तम प्रधान, रक्षा सिंह राणा, जनकदीप पराजुली, सन्तोष श्रेष्ठ आदिले फिल्म निर्माणको विभिन्न विधाका विषयमा प्रशिक्षण दिएका थिए ।
विज्ञबाट पाएको प्रशिक्षणको आधारमा प्रशिक्षार्थीले अन्तिम दिन आफैंले फिल्म पनि बनाएका थिए । समापन समारोहमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि निजगढ नपा प्रमुख सुरेश कुमार खनाल, बागमती नपा प्रमुख भरत कुमार थापा, हान अध्यक्ष बिजय झुनझुन वाला,चुरे संरक्षण तथा पर्यटन प्रबर्धन फाउन्डेसन प्रदेश अध्यक्ष बिष्णु साह, नाटा प्रदेश २ अध्यक्ष मोहन शर्मा,पर्सा होटेल ब्यबसायी संग महासचिब टब्रेज आलाम, वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधान, विकास बोर्ड सदस्य प्रकाश भट्टराई वरिष्ठ चलचित्रकर्मि निर्देशक समाजका सस्थापक अध्यक्ष युवराज लामा लगायत स्थानीय संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया