फागुन १३ मा ‘प्रेमगीत ३’

काठमाडौँ - भारतमा ४ करोड रुपैँयामा बिक्रि गरिएको दाबी गरेको फिल्म ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा आउने भएको छ । निर्माता सन्तोष सेनले फिल्म शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका छन् ।
यो फिल्म दुई सरकारी विदामा दर्शक बटुल्ने लक्ष्यसहित प्रदर्शनमा आउन लागेको हो । १७ गते शिवरात्री छ भने त्यसको दुई दिनपछि अर्थात् १९ गते ग्याल्पो ल्होसार छ । महंगो बजेटमा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, प्रदीप ख्डका, सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट मनिष राउत र क्रिष्टिना गुरुङले फिल्म यात्राको थालनी गरिरहेका छन् ।
छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको फिल्मलाई छेतेन गुरुङले लेखेका हुन् । उनको केही समयअघि मात्र निधन भएको थियो । यही मितिमा ‘लप्पन छप्पन २’ पनि प्रदर्शन आउने चर्चा थियो । तर, यी दुवै फिल्मका वितरक एकै हुन् । यही कारण सम्भवतः यो मितिमा ‘लप्पन छप्पन २’ आउनेछैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया