महिला विश्वकप छनौटः कुवेतमाथि नेपालको सजिलो जित

काठमाडौँ- आईसीसी महिला टी–ट्वान्टी क्रिकेट विश्वकपको एसियाली छनौटमा नेपाली महिला टिमले बिहीबार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भएको खेलमा नेपालले नौ विकेटको जित दर्ता गरेको हाे ।
टस जितेर ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा २७ रन बनाउँदै अलआउट भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालकी कप्तान तथा ओपनर रुविना क्षेत्री १२ रनमा आउट भएकी थिइन् भने इन्दु बर्माले अविजित १३ रन जोडिन् ।
कुवेतका लागि प्रियदा मुरलीबाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । उनले १० रन बनाइन् । कुवेतका सात ब्याट्सवुमन शून्यमै आउट भएका थिए ।
बलिङतर्फ नेपालकी संगिता राईले तीन विकेट हात पारिन् । यसैगरी करुणा भण्डारी र रुविना क्षेत्रीले दुई–दुई विकेट लिए भने सरस्वती कुमारीको नाममा एक विकेट रह्यो ।
विश्वकप छनौटमा नेपालले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा हङकङसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार मलेसियाको सामना गर्नेछ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया