यूएई टी-२० लिगमा रिलायन्सको टिम, म्यानचेस्टर युनाइटेडले पनि टिम खरिद गर्नसक्ने
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सको स्वामित्व भएको रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल)ले यूएई टी-२० लिगमा पनि टिम खरिद गर्ने भएको छ । सन् २०२२ बाट सुरु हुने भनिएको यो लिगमा कुल ६ टिम हुनेछन् । प्रत्येक वर्षको जनवरी र फेब्रुअरीमा आयोजना हुन भनिए पनि पहिलो संस्करण भने फेब्रुअरीमा–मार्चमा आयोजना हुनेछ ।
‘मुम्बई इन्डियन्सका समर्थक विश्वभर छन् । यो टिमलाई विश्वभरि लोकप्रिय बनाउन सकेकोमा हामी हर्षित छौँ । आशा छ हामीले यूएईमा पनि यस्तै सफल ब्रान्ड सिर्जना गर्न सक्नेछौँ । यूएईकै क्रिकेटमा हामीले योगदान गर्न सक्नेछौँ भन्ने विश्वास पनि राखेका छौँ,’ मुम्बई इन्डियन्सका मालिक आकाश आम्बानीले भनेका छन् ।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)ले यो लिगका आयोजनाका लागि स्वीकृति दिइसकेको छ । यो लिग सञ्चालनका लागि उच्च स्तरीय समिति पनि बनिसकेको छ । जसमा ईसीबीका उपाध्यक्ष खलिद अल जारुनी, महासचिव मुबासिर उस्मानी र सुभन अहमद छन् । पाकिस्तान क्रिकेट बार्डका पूर्वकर्मचारी अहमद ईसीबीका सल्लाहकार हुन् ।
रिलायन्सबाहेक आईपीएलमा टिम भएको अर्को समूह नाइट राइडर्सले पनि युएईको लिगमा टिम खरिद गर्नसक्ने सम्भावना रहेको बताइएको छ । यसैगरी म्यानचेस्टर युनाइटेडको मालिक ग्लेजर परिवार, बिग बास लिगको सिड्नी सिक्सर र दिल्ली क्यापिटल्सका मालिक किरण कुमार ग्रान्धीले यूएईको लिगमा टिम खरिद गर्नसक्ने ईएसपीएनको दाबी छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया