खाेटाङमा नेकपा एस र मालेबीच एकीकरण

खोटाङ - नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ । खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी कमिटी एक भएको घोषणा गरेका छन् । २५ कात्तिकमा फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र नेकपा मालेका वार्ता टोली संयोजक फुयाँलबीच गत २५ कात्तिकमा नेकपा मालेको २५ सदस्यीय जिल्ला कमिटी एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

प्रतिक्रिया