एमाले महाधिवेशन : प्रदेश १ बाट २५ हजार कार्यकर्ता सौराहा प्रस्थान

विराटनगर - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन् । प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ ।
महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ । प्रदेश १ का तराईका तीन जिल्लाबाट सबैभन्दा बढी गाडी प्रयोग भएका छन् । झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।
एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेश भरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुदैछन् । महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला(जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए । गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफै गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबै भन्दा धेरै ५७, झापाबाट ४९, सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुगांबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९र९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २ सय ९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

प्रतिक्रिया