मानव अधिकार चलचित्र महोत्सवमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ पुरस्कृत

काठमाडौं- ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करणमा राजेश खत्रीको ‘जुलुङ्गो’ले अर्को अवार्ड जितेको छ । बिहीबार सम्पन्न महोत्सवमा फिल्मले फिक्सनतर्फको अवार्ड जित्न सफल भएको हो ।
केही समय पहिले युनिसेफले आयोजना गरेको महोत्सवमा पनि यो फिल्म पुरस्कृत भएको थियो । कोरियाको बुसानमा समेत प्रतिस्पर्धी रहेको यो फिल्म नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि विजेता बनेको थियो । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्चालन भएको थियो ।
महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन् । महोत्सवमा मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले पनि उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् । ‘नो स्कुल टुडे’ र ‘ललित’ किपालय प्रडक्सनले प्लान नेपालसँग मिलेर गरेको वर्कसपमा तयार भएका फिल्म हुन् । किपालयले १ महिनासम्म फिल्म निर्माणको कार्यशाला दिएर फिल्म बनाउने अवसर दिएको थियो ।
जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फको उत्कृष्ट चलचित्रका रुपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।
महोत्सव सोमबारदेखि विधिवत रुपमा सुरु भएको थियो । सोमबार बिहान ७ बजेदेखि छनौट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया