‘एक मुठ्ठी बादल’लाई भारतको बजारबाट नेदरल्यान्डको रोट्रेड्याम जाने अवार्ड

काठमाडौँ- सहारा शर्माको फिल्म ‘एक मुठ्ठी बादल’ले भारतको एनएफडीसी बजारमा रोट्रेड्याम अवार्ड जित्न सफल भएको छ । यही नोभेम्बर २० देखि २५ तारिखसम्म चलेको एनएफडीसी बजारमा फिल्मले नेदरल्यान्डको रोट्रेड्याम ल्याबमा जाने अवसर प्राप्त गरेको हो ।
एनएफडीसी बजारले बिहीबार साँझ सार्वजनिक गरेको सूचीमा फिल्मका निर्माता अभिमन्यु दीक्षितलाई यो अवसर प्रदान गरिएको जानकारी गराएको छ । दक्षिण एसियाका उदाउँदो निर्माताको रुपमा दीक्षितले यो अवसर पाएका हुन् ।
भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी) ले आयोजना गर्दै आएको यो बजारमा यो साल नेपालबाट सहारा शर्माको ‘एक मुठ्ठी बादल’ छनौट हुन सफल भएको हो । एनएफडीसीले एक महिनाअघि ११ देशबाट २० फिल्म बजारका लागि छानिएको जानकारी गराएको थियो ।
फिल्मका निर्माता अभिमन्यु नेदरल्यान्डमा आउँदो वर्षको जनवरी २६ देखि फेब्रुअरी ६ सम्म चल्ने ल्याबमा सहभागी हुनेछन् । यस्तो ल्याबमा फिल्मकर्मीबाहेक सेल्स एजेन्ट र वितरकको पनि सहभागिता रहनेछ । यस्ता ल्याब विदेशी फन्ड र लगानी जुटाउने मामलामा महत्वपूर्ण मानिँदै आएका छन् ।
सहारा शर्माले निर्देशन गर्न लागेको यो तेस्रो फिल्म हो । पहिलो फिल्म ‘इन्द्रेणी खोज्दै जाँदा’बाट काठमाडौँ माउन्टेन फिल्म फेस्टिभलमा नेपाली पनोरमातर्फको अवार्ड जित्न सफल सहाराले दोस्रो फिल्मको रुपमा ‘बर्दिया सुन्दरी’ बनाएकी थिइन् । नेपाली भाषामा बन्ने यो फिल्मलाई अभिमन्यु दीक्षित, ऋचा शर्मा र गौथली इन्टरटेनमेन्ट मिलेर निर्माण गर्नेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया