कांग्रेस जिल्ला अधिवेशन आज

काठमाडौँ- नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो ।
कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिए ।
रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनुभयो । आज देशभरका ३० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्ने घिमिरेको भनाइ छ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया