नगरपालिकाभित्रै छैन सडकको पहुँच
पाल्पा - जिल्लाको तानसेन नगरपालिकाकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ । खेतबारीमा उत्पादित तरकारी बजार पुर्याउन नै समस्या भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्थे । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । यसमध्येकी उनी पनि ठूलो मात्रामा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् ।
तरकारी खेतीबाट वार्षिक रु तीन चार लाख आम्दानीसमेत हुन्छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटबल सडकखण्डको जहरेपिपलदेखि जमुना खर्चसम्म सडक नहुँदा यहाँ उत्पादित तरकारीलगायतका बस्तु निकासीमा समस्या नहटेको आलेको गुनासो छ । जहरेपिपलदेखि जमुनाखर्कसम्म झण्डै एक किलोमिटर पैदल हिँड्नसमेत सडक नभएको हो ।
खेतबारीमा तरकारी उत्पादन गर्न निकै मेहनत गर्नुपर्छ, उत्पादित तरकारी मानिसलाई बोकाएर लैजानुपर्ने गर्दा खर्च बढी हुन्छ, बजारमा समेत बिचौलियाले राम्रो मूल्य नपाइने समस्या रहेको आलेको गुनासो छ । गाँउबस्तीमा सडक आउँछ आउँछ भने पनि स्थानीयवासीले गाडी र फराकिला सडक देख्न सिद्धार्थराजमार्गअन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता हटेको छैन ।
स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले पाएपछि उत्साहित बनेका नागरिक बस्ती सडक नहुँदा अझै पनि पहुँचवालाले मात्रा योजना प्राप्ति गरेको गुनासो छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा पनि घन्कियो । तर, सडक नहुँदा लास घाटमा, विरामी र सुत्केरी महिलालाई अस्पताल पु¥याउन समस्या छ । सडक नहुँदा ढुङ्गामा टेकेर खेतका डिल तथा खोलाका किनारामा ज्यान जोखिमा राखी यात्रा गर्नुपर्छ ।
हामीलाई सडक चाहिन्छ भनेर पटक पटक भने पनि सडक नभएपछि खोलाको किनारा, खेतका डिलमा टेकेर बिरामी बोक्नुपर्ने समस्या रहेको स्थानीयवासी भीमबहादुर नेपालीले बताए । दलित, गरिब र पहुँचविहीनको कुरा स्थानीय सरकारले सुनिरहेकै छन् ।
सडक विस्तार गरी गाउँमा ल्याउन खोजिएको पहिरो सडकको काम पूरा हुन नसक्दा समस्या भएको हो । स्थानीय सरकारको यस वर्ष सडकको विस्तार गर्न बजेट विनियोजन गरिएको तानसेन नगरपालिका–१० का वडाध्यक्ष त्रिलोचन पौडेलले बताए । यस वर्ष नै बस्तीमा सडक सञ्जालले जोडेर गाउँलाई आवतजावतमा सहजता ल्याउने योजना रहेको वडाध्यक्ष पौडेलको भनाइ छ । यसपालिका काम पूरा नभए अर्को वर्ष पूरा गर्ने हुन्छ, वडाध्यक्ष पौडेलले बताए ।
वञ्चितीकरणमा परेका समुदायका बस्तीमा अझै विकास पूर्वाधार निर्माण हुन सकेको छैन । पहुँचवाला व्यक्तिका घरघरमा स्थानीय सरकारले सडक विस्तार गरेको छ तर, पहुँचविहीन नागरिकको टोल बस्तीमै सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको भरपर्दो सुविधा नहुँदा नागरिकले समस्या भोगिरहेका छन् । दलित अधिकारका लागि साँझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेलका अनुसार दलित तथा विपन्न समुदायको लक्षित गरी कार्यक्रम सञ्चालन आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार हुन सकेको छैन ।
दलित अधिकारकर्मीका अनुसार जिल्लाका अधिकांश दलित बस्तीमा सडक, खानेपानीमा अझै पनि पहुँच छैन । व्यावासयिकरुपमा कृषि उत्पादन गरी आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रम सञ्चालन हुन नसक्दा बेरोजगारीको समस्यामा कमी नदेखिएको हो । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया