ई-बुकमा आयो सरला गौतमको 'पिँजडाको मान्छे'

काठमाडौँ- पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ । यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी ई-बुकको रुपमा प्रकाशित गरेको थियो ।
संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्- 'महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो- कोविडभन्दा पहिलो र कोविडभन्दा पछिल्लो धार । महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्धाहरुलाई नियाल्ने नयाँ आयाम खुलेका छन । विराटतम स्वतन्त्रताको खोजिमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरुको जञ्जालमा फस्दैगएको छ, त्यही प्रकृयाहरुको चिन्तनको उपज हो यो पुस्तक ।'
संकलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रुपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।
'हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका छौं,' पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन् । 'पिँजडाको मान्छे' यो शृङ्खलाको पहिलो कृति हो । आगामी दिनहरूमा हामी ई-बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्नेछौं । ई-बुकले सुस्त गतिमै भए पनि नेपाली पाठकहरू बीच आफ्नो स्थान बनाउदै छ ।'
'पिँजडाको मान्छे' नेपाली बजारका निम्ति थुप्रै डट कम (www.thuprai.com) ले रु. १०० मा उपलब्ध गराउने छ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Qzy5Hsvh3p_rwe17k27yp1io0xvdzjox760ra6ajzbwjfu81qjzvuakxhvlspaviuj8mjjp.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया