संविधानको गलत व्याख्या सच्याएर अघि बढ्छौं : ओली

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको गलत व्याख्या सच्याएर अघि बढ्ने बताएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले जनसागर नारायणी नदिको किनारमा देखेर एमालेको महाधिवेशन सफल भएको दाबी गरे । देशलाई एकजुट बनाउन एमाले नेतृत्वको सरकार देशलाई आवश्यक रहेको उनले बताए । देश बनाउन, सार्वभौसमसत्ता, लोकतन्त्र र संविधानको रक्षा गर्न र संविधानको गलत व्याख्यालाई सच्याएर अघि बढ्न एमालेको आवश्यकता रहेको ओलीको भनाइ छ ।
दिगो विकासको लक्ष्य अबको ९ वर्षभित्र पुरा गर्न पनि एमालेको बहुमतको सरकार आवश्यक भएको ओलीले तर्क गरे । नेपाललाई दुनियाँअघि साधन स्रोत सम्पन्न बनाउन एमाले मात्र सक्षम रहेको उनले दाबी गरे । ओलीले छिमेकी देशसँग वास्तविक छिमेकीपन कायम गर्न चाहेको बताए ।
उद्घाटन सत्रमा विभिन्न मुलुककमा राजनीतिक दलका प्रतिनिधि साथै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबाहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतले नेताले शुभकामना दिएका छन् ।
एमाले देशको प्रमुख शक्ति : कमल थापा
राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले देशको प्रमुख शक्ति भएको बताए । उनले केपी ओलीको सुझबुझ र मार्गदर्शनले देशको स्वाभीमान एक इन्च पनि दायाँबायाँ नभई भारतीय नाकाबन्दी खुलाएको बताए । यस्तै ओलीले दीर्घकालीन हुने गरी तेल, रेल र बजिुलीको आर्थिक खाका तयार पारेको भन्दै थापाले उनको प्रशंसा गरे ।
ओलीले मधेसमा देखीएको पृथकतावादी आन्दोलनलाई रोक्न र नेत्रविक्रम चन्द (विप्लव)लाई शान्तिपूर्ण मुलधारमा ल्याएर, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको सीमारक्षा गर्ने महत्त्वपूर्ण काम गरेर नेपाल र नेपालीलाई गुन लगाएको थापाको भनाइ छ । एमालेका तीन लाख नेता, कार्यकर्ताको सहभागितामा नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । महाधिवेशन स्थलमा झण्डै ४० प्रतिशत कार्यकर्ता पुग्न नसकेको बताइएको छ ।

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिक्रिया