कास्की कांग्रेसको सभापतिमा कसैको बहुमत पुगेन : पाँचमध्ये तीन जना ‘बाहिरिए’, आज फेरि मतदान

पोखरा- नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएको छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।
सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए। ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल 'विमल' ले जानकारी दिए । विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ ।
बराल केन्द्रमा शेरबहादुर देउवा निकट हुन् भने भट्टराई यसअघि कृष्ण सिटौलातिर भए पनि अहिले क्याम्प फेरेर गगन थापातिर लागेका छन् । पुराना नेता शुक्रराज शर्मालाई फकाएर देउवाले जिल्ला सभापति आफ्नो पोल्टामा पार्ने अवस्था छ । शर्माले यसअघि आईबहादुर गुरुङलाई समर्थन गरेका थिए ।
शर्माको समर्थन बरालले पाए उनी विजयी हुने सम्भावना छ । गगन थापा र शेखर कोइरालाहरु पनि बराल हराउने अभियानमा छन् । उनीहरुले देवराज चालिसे र यज्ञबहादुर थापाहरुको ‘च्यानल’ प्रयोग गर्ने देखिन्छ । यसअघि चालिसेको समर्थन पोषनाथ शर्मा र थापाको समर्थन गिरीराज गौतमलाई थियो ।

भिरमहको उत्पादन घट्यो

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
पाउद्वारमा खेलमैदान निर्माण

बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_l06nPm4rds_n6tjmdrkjc1skmnvysdqwsnygjz70ptxfs2azyjqe8afmter8n2ewrlbqkk2.jpg)
राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण

भूमिहीनलाई लालपुर्जा वितरण

प्रतिक्रिया