एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच कर्पोरेट पे लागू गर्न सम्झौता

काठमाडौं : एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे लागू गर्न नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ । कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्नेे बताईएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृष्य बदल्दै डिजिटल प्लेटफर्महरुबाट ग्राहक अनुभव अभिबृद्धि गर्ने सेवामा केन्द्रीत गरिरहेको जनाएको छ । विद्यमान प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पु-याउन एनएमबि बैंकले लागु गरिरहेका परियोजनामध्ये कर्पोरेट पे एक अर्को डिजिटल बैंकिङतर्फको रुपान्तरण परियोजना हो ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया