प्रदीपले उद्घाटन गरे ‘मःम मज्जा’

काठमाडाै : नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन' र 'के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भने झैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए ।
त्यस्तै, सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।
एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ फिल्म निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । फिल्मलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया