आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सहमतिमै नेतृत्व चयन हुन्छ : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । १० औँ महाधिवेशनका लागि सौराहामा हुन लागेको बन्द सत्र प्रवेश गर्ने बेलामा उनले पत्रकारसँग कुरा गर्दै सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् ।

बन्द सत्रमा प्रवेश गर्ने क्रममा ओलीले पत्रकारसँग सक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘नेतृत्व सहमतिमै चयन हुन्छ ।’ सहमतिका लागि प्रयास भइरहेको पनि उनले बताए ।