नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्रका लागि अभियान चलाइएकाे छ : भाकपा नेता सिंह
चितवन - भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताएका छन् । एमालेको १०औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन् । भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको उनले बताए । ‘नेपाललाई सन् २०२५ सम्म हिन्दू राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ । भाजपा फाँसीवादतर्फ तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनले भने ।
उनले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताए । ‘आरएसएसबाट नेपालमा विभिन्न फन्ड चलिरहेको छ । दर्जनौं फन्ड चलेको छ । हिन्दू धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ । सावधान रहनुस्,’ उनले भने ।
दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे । उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए । सो अवसरमा उनले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताए । ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस् । कम्युनिष्ट आन्दोलन एकजुट होस् । कम्युनिष्ट एकता होस्,’ उनले भने ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Mm1pgj1mW5_vjl09wwkkxjd74kwjw5pmhosfo9tp5d51dc1zlizvppx9kgsrk5rodhs02za.jpg)
प्रतिक्रिया