सुर्खेत क्षेत्र नम्बर एकमा पुनः निर्वाचन

सुर्खेत - नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. एकमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पुनः निर्वाचन भएको छ । निर्वाचन समितिको लापरबाहीका कारण उक्त क्षेत्रमा पुनः मतदान गराउनुपरेको हो ।
दलित तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधी छनोटमा आज पुनः निर्वाचन भएको छ । सो क्षेत्रबाट दलितर्फको केन्द्रीय महाधिवेशनका लागि २ जना निर्वाचित हुनुपर्ने थियो । सोही अनुरुप मंगलबार भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी रहेको थियो । ओदे कामी, बाघविर दमाई र भिम बहादुर विकले उम्मेदवारी दिएका थिए ।
‘मतपत्रमा दलिततर्फ कुनै दुई जनालाई छनोट गर्न उल्लेख गर्नुपर्नेमा कुनै एकलाई छनोट गर्न लेखिएकोले मतगणनाको अन्तिम परिणाम घोषणा गर्न बाँकी थियो’ सहायक निर्वाचन अधिकृत बितिहोत्र वशिष्ठले भने, ‘निर्वाचन समितिको प्राविधिक गल्तीले पुनः आज निर्वाचन भएको हो ।’
निर्वाचन समितिको लापरबाहीले आफुहरुले अनावश्यक दुःख पाएको क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ । दुई जना दलिततर्फको क्षेत्रीय प्रतिनिधिका लागि संस्थापन र पौडेल समुहबाट चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचन समितिले एकमात्रै प्रतिनिधी छनोट हुने भनेपछि उम्मेदवारी फिर्ता लिएका थिए । आज भएको निर्वाचनमा ओदे कामी, बाघविर दमाई विजयी भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया