एमाले महाधिवेशनमा विदेशी पाहुनाले दिए यस्तो सन्देश

चितवन - नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा जारी बन्द सत्रमा विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधिले सन्देश दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ । ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ ।
राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाइमा पुगेको छ । एमालेले सकारात्मक योगदान पुर्याएको छ । चीन नेपालसँग काम गर्न तयार छ । पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ,’ सन्देशमा भनिएको छ ।
टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन् । साथै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् ।
भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ । सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ । यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ ।
सोनियाको पत्र छोडेर फर्किए अखिलेश
कांग्रेस आइका नेता अखिलेश यादव काठमाडौंहुँदै चितवन पुगेर फर्किएका छन् । बन्द सत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोनिया गान्धीले पठाएको पत्र छोडेका छन् । ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिए । तर, परिस्थितिले सकिएन । निमन्त्रणा गरेकोमा धन्यवाद । महाधिवेशन सफल होस् शुभकामना,’ सोनियाको पत्रमा उल्लेख छ ।
अल रसियन पोलिटिकल पार्टीका अध्यक्षले देशको सामाजिक आर्थिक परिवर्तनमा योगदान गरेकोमा नेकपा एमालेलाई बधाई दिएका छन् । साथै, नयाँ नेतृत्व संशक्त रूपमा देश विकास र समृद्धको दिशामाअघि बढ्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेको महाधिवेशन सफल होस् भनेर शुभकामना पठाएका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया