शनिबार थपिए २१३ कोभिड संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा तीन दशमलव २१ प्रतिशत अर्थात दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका सहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २० हजार सात सय २४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार चार सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ जना पुगेको छ । यस्तै थप तीन जना सहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २१ जना पुगेको छ ।
अहिले नेपालमा सात हजार एक सय ५६ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १५ हजार चार सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित ८२ लाख ९० हजार चार सय दुई जनाले पूर्ण मात्रा र ९५ लाख ४३ हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया