आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

ओलीविरुध्द दाहाल-नेपाल समूहका चर्का नारा

काठमाडौं : पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहको नेकपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुध्‍द निकै चर्को नारा लगाएका छन् । यहाँसम्‍मकि उनीहरुले 'ओली चोर देश छोड्‍, बयलगाडा चढेर अमेरिका जा' भन्‍नेसम्‍म नारा लगाएका छन् ।

‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेजी’को माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार बिहानदेखि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता/कार्यकर्ताहरु सहभागी छन् ।

विरोध प्रदर्शनमा नेकपा नेता तथा कार्यकर्ता नारासहित घेराउमा छन् । उनीहरुले ‘असंवैधानिक कदम मान्दैनौं’, ‘संसद अविधेशन सुचारु गर’, ‘असंवैधानिक हर्कत बन्द गर’, ‘प्रतिगामी हर्कत बन्द गर’ जस्ता नारा लगाइरहेका छन् । उनीहरुको नारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केन्द्रित छ ।

त्यस्तै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली चोर देश छोड्‍ भन्दै नारा लगाएका छन् । 'ओली चोर देश छोड्‍, बयलगाडा चढेर अमेरिका जा, ओलीको पाराले दुख पाए साराले, गणतन्त्र विरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, नेकपा एकता जिन्दावाद, बयलगाडा केपी ओली मुर्दावाद, भारतीय दलाल केपी ओली मुर्दावाद, एमसीसी चाइँदैन, खड्ग ओली चाहिँदैन' भन्‍न नारा लगाएका छन् ।