बागमती प्रदेशका मुख्यमन्त्रीविरुध्द अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेकपाका पुष्पकमल दाहाल-माधव नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले इकागजलाई जानकारी दिए ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका थिए ।
केन्द्रमा नेकपा दुई समूहमा विभाजित भएपछि यसको प्रभाव जिल्ला र प्रदेशमा पनि परेको छ ।
बागमतीमा ओली पक्षीय डोरमणि पौडेल मुख्यमन्त्री छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ जना चाहिन्छन् । प्रदेशमा नेकपाका ८० सांसद छन् तर अब त्यो अवस्था रहने देखिदैन । ८० जना सांसद दुई पक्षमा विभाजित भएको खण्डमा ओली समूहका ३४ जना छन् भने दाहाल–नेपाल समूहमा ४६ जना ।
सरकार जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसको साथ चाहिन्छ । जसका २२ जना सांसद छन् । पौडेल सरकार ढालेर दाहाल–नेपाल समूहले पनि एकल सरकार बनाउन सक्ने बहुमत छैन । उसले पनि प्रमुख प्रतिपक्षी कांग्रेसकै साथ चाहिन्छ । दुवै समूहलाई सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ आवश्यक पर्छ । साना दलको मतले नयाँ सरकार गठन हुने सम्भावना छैन ।
प्रतिपक्षमा कांग्रेससहित विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् ।

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया