भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिए हात उठाएर निर्णय गर्ने चेतावनी

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिए हात उठाएर निर्णय गर्ने चेतावनी दिइएको छ । एमाले नेता शेरबहादुर तामाङले सर्वसम्मतिको प्रयास भइरहेका बेला उम्मेद्वारी दिएरै छाड्ने घोषणा गरेपछि तामाङले यस्तो चेतावनी दिएका हुन् ।
उनले रावलको उम्मेद्वारी आएमा हात उठाएरै १० मिनेटमा निर्णय गर्न सकिने चेतावनी दिएका हुन् । त्यसअघि रावलले बन्द सत्रमा उम्मेद्वारी दिने घोषणा गर्दा ओलीले पनि एक्लै उम्मेद्वारी परेमा के गर्ने ? भन्दै प्रश्न गरेका थिए ।
बन्द सत्रमा रावल बाहेक अरु नेताहरु सर्वसम्मतिविरुद्ध खुलेर बोल्न सकिरहेका छैनन । सबैले सर्वसम्मति गर्नुपर्नेमा जोड दिइरहेका बेला ओलीलाई एकलौटी पदाधिकारी छान्ने अधिकार समेत दिइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया