माओवादी केन्द्र सिन्धुपाल्चोकको १० वटा पालिकामा नयाँ नेतृत्व

सिन्धुपाल्चोक - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकले १० वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा १२ वटा स्थानीय तह मध्ये माओवादी केन्द्रले शनिबार एकै दिन नौ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको होे ।
चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रवती गाउँपालिकामा ६५ सदस्यीय कार्यसमिति चयन भएका छन् तर पदाधिकारी भने टुंगो लागेको छैन् ।
मेलम्ची नगरपालिकामा गोपाल नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ । सम्मेलनबाट उपाध्यक्षमा सिपी दुलाल ,कूष्णजङ तामाङ र शिबराम दंगाल, सचिबमा दिनेश गिरी, सहसचिबमा गिता ढकाल, कोष्ध्यक्षमा सुर्दशन सापकोटा चयन भएका छन् ।
बाह्रबिसे नगरपालिका अधिवेशनले ङिमा शेर्पाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको छ । उपाध्यक्षमा नगेन्द्र पौडेल, पातली थामी, सचिबमा बिमल राउत ,सहसचिबमा विकेस लामा ,कोषाध्यक्षमा सचिन पाख्रिन चयन भएका छन् ।
बलेफि गाउँपालिकामा गंगाबहादुर तामाङ अध्यक्ष, शंकर कार्की ,लेख बहादुर सुवेदी ,दुर्गा नेपाल उपाध्यक्ष, नारायण पराजुली सचिव र बीरमान तामाङ सहसचिव, राजन पौडेल कोषाध्यक्षमा चयन भएका छन् ।
हेलम्बु गाउँपालिकामा पेमा ह्यल्मोको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पाँचपोखरी थाङपाल गाँउपालिकामा दोर्जे तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएकोछ । सुनकोशी गाँउपालिकामा अमर लामाको अध्यक्षता तथा लिसंखुपाखर गाँउपालिकामा राजु लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
जुगल गाँउपालिकामा भने शुक्रबार नै अधिवेशन सम्पन्न भईसकेको छ। जसमा अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु, बहादुर गोले, सचिब तुलना घिमिरे सहसचिव जगबहादुर तामाङ, कोषाध्यक्ष चिनलाल श्रेष्ठ लगायत ५० सदस्य चयन भएको माओवादी केन्द्रले जनाएको छ ।
तर भोटेकोशी र त्रिपुरासुन्दरी गाँउपालिकामा भने अधिवेशन हुन अझै सकेको छैन्। संयोजक पराजुलीका अनुसार त्रिपुरासुन्दरी गाँउपालिकामा १२ गते र भोटेकोशी गाँउपालिकामा भने १५ गते हुनेछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया