म्युजिक नेपालले ल्यायो म्युजिक एप

काठमाडौं : म्युजिक नेपालले एनसेल र न्यू आइटी भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुवै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ ।
यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरू मात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि २४ सै घण्टा सुन्न सक्नेछन् । त्यति मात्र नभई आफ्नो रूची अनुसारका गीतहरू छान्न, सूची बनाउन र संग्रहित गर्न सकिनेछ । आफूले सुन्न मन पराउने गीतका बोल पनि देख्न सकिने तथा फेसबुकमार्फत् साथीभाइसँग सेयर गर्न सकिने प्रावधान पनि यस एपमा रहेको छ ।
कलाकारको प्रवर्द्धनका लागि समर्पित यो एपमार्फत् उनीहरू असंख्य श्रोताहरु माझ पुग्न सक्ने र स्रोताहरूले पनि आफ्नो रोजाइका कलाकार र उनीहरूका नयाँ गीत बिना झन्झट सुन्न सक्ने म्युजिक नेपालले बताएको छ । विश्वका अरु थुप्रै मुलुकका कलाकारहरूले व्यावसायिक रुपमा उठाइरहेको फाइदा अब म्युजिक नेपालको माध्यमबाट नेपाली कलाकारले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिने म्युजिक नेपालले जनाएको छ ।
दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निशुल्क गरिएको यो एप एनसेलका करीब १ करोड ६३ लाख ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ । एनसेलका कुनै पनि ग्राहकले यो एप डाउनलोड गर्ना साथ ३० दिनको लागि निःशुल्क प्रिमियम सेवा उपभोग गर्न सक्नेछन् । एप डाउनलोड गर्दा कुनै शुल्क लाग्नेछैन तर डेटा शुल्क भने प्रयोगकर्ताको योजना अनुसार लाग्न सक्नेछ । एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रति दिन तीन रुपैंयाँ, प्रति हप्ता १५ रुपैंयाँ वा प्रति महिना ५० (कर बाहेक)मा असीमित संगीत सुन्न सकिनेछ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया