करिनालाई मन पर्ने तीन फिल्म

मुम्बइ : करिना कपुर २० वर्षदेखि उद्योगमा सक्रिय छिन् । यो समयमा उनले थुप्रै सुपरहिट सिनेमामा काम गरेकी छिन् । नामै लिन थाल्यो भने लिस्ट लामै हुन्छ । तर, उनले जम्मा तीन फिल्म छान्नु पर्यो भने कुन कुन फिल्म छान्लिन् ? धेरै कलाकार यस्ता प्रश्नमा बासी उत्तर दिएर पन्छिन् खोज्छन् । जस्तो कि ‘ मैले खेलेको फिल्म मेरा लागि उत्तिकै प्रिय छन् । तर, करिना मुख चपाएर बोल्ने अभिनेत्रीमा पर्दिनन् । उनले बलिउड हंगामासँगको कुराकानीमा आफूलाई मनपर्ने तीन फिल्मको नाम निर्धक्क लिएकी छिन् ।
उनले आफ्नो करियरका उत्कृष्ट फिल्मको नाम लिँदा ‘युवा’, ‘ओमकारा’ र ‘जब वी मेट’को नाम लिएकी छिन् । करिनाका अनुसार मनपर्ने फिल्मको लिस्टमा ‘युवा’ एक हो । उनले कारण दिँदै भनेकी छिन्, ‘ मणिरत्नम्सँग काम गर्दा मज्जा आएको थियो । यही फिल्ममा समावेश ‘ए खुदा’ गीत मेरो सबैभन्दा मनपर्ने गीत हो ।’
‘मलाई ‘ओमकारा’ मनपर्छ किनकि यसमा राम्रा कलाकार छन् ।
यो ‘ओथेलो’को रिमेक हो,’उनले आफूलाई मन पर्नुको कारण बताउँदै भनेकी छिन्, ‘डेस्डेमोना मात्र यस्तो महिला चरित्र होला जसलाई उनले ठाउँ दिएर लेखेका छन् ।’उनले थपेकी छिन्, ‘र, अन्त्यमा दुनियाँको फेवरेट र मेरो पनि फेवरेट ‘जब वी मेट’ । दोस्रो बच्चा जन्माउने तयारीमा रहेकी करिनाका ‘जुग जुग जियो’ र ‘लाल सिंह चढ्ढा’ प्रदर्शन हुन बाँकी रहेका फिल्म हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया