यूएईसँग हारेपछि ग्लोबल छनौटमा पुग्ने नेपालको लक्ष्य अपूरो

काठमाडौँ- सन् २०२३ मा हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा छनौट हुने नेपालको सपनामा पूर्णविराम लागेको छ । ग्लोबल छनौटको बाटो हुँदै विश्वकपसम्मको यात्रा गर्ने लक्ष्यमा थियो, नेपाल । ग्लोबल छनौटमा स्थान बनाउन एसियातर्फको छनौटमा शीर्षस्थानमा रहन जरुरी थियो । तर एसियाली छनौटमा नेपाल दोस्रो स्थानमै सीमित भयो ।
एसियाली छनौटको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग हारेपछि नेपाल दोस्रो स्थानमै अड्किएको हो । यूएईको दुबईस्थित आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा आयोजक टिमसँग नेपाल ४८ रनले पराजित भयो । छनौटमा नेपालले भागेको यो दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल हङकङसँग निराश बनेको थियो ।
यूएईसँग पराजित भएपछि नेपालको खातामा पाँच खेलबाट ६ अंक छ । पहिलो स्थानको यूएईको भने १० अंक छ । यूएईले आफ्नै भूमिमा भएको छनौटको कुनै पनि खेल हारेन । उता हङकङको पनि ६ अंक नै छ । रनरेटमा नेपालभन्दा पछि रहेकाले हङकङ तेस्रो स्थानमा रहेको हो । तर एक खेल खेल्न बाँकी रहेकाले हङकङ अंक तालिकामा दोस्रो स्थानमा उक्लने सम्भावना छ ।
पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले भने ७९ रनमै अलआउट भयो । नेपालका लागि दुई ब्याट्सवुमनले मात्रै दोहोरो अंक जोड्न सके । ओपनिङ गरेकी इन्दुश बर्माले १५ रन बनाइन् भने चौथो स्थानमा ब्याटिङ गरेकी सिता राना मगरको नाममा १३ रन रह्यो ।
यूएईको जितमा समाइरा धार्निधर्काको बलिङ महत्वपूर्ण बन्यो । उनले पाँच रन खर्चिएर चार विकेट हात पारिन् । विजयी टिमकी चमानी सेनेभिरत्नाले ६ रन दिएर दुई विकेट लिइन् । यसैगरी खुशी शर्माको नाममा दुई किवेट रह्यो भने छायाँ मुगलले एक विकेट थपिन् ।
बलिङमा झैँ ब्याटिङमा पनि यूएई उस्तै बलियो देखियो । दुई विकेट लिएकी चमानीले ५२ रन बनाइन् । त्यसअघि ओपनर तिर्था सतिशले ४७ रन जोडेकी थिइन् । यसैगरी काभिसा एगोडाजले २२ रनको योगदान गरिन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया