३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न विष्णु पौडेलले प्रस्तुत गरे यस्तो सूत्र

सौराहा - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चुनिने खाका तय भइसकेको छ । पार्टी उप-महासचिव विष्णु पौडेलले तयार पारेको खाका बन्दसत्रको हलमा सूत्रवत् रूपमा प्रस्तुत गरेका छन् ।
एमालेले १९ पदाधिकारीसहित केन्द्रीय कमिटीको नामावली तयार गरी बन्दसत्रको हलमा प्रस्तुत गर्न अध्यक्ष केपी ओलीलाई नै अधिकार प्रत्यायोजन गरिसकेको छ । १९ सदस्यीय पदाधिकारीलाई खुला निर्वाचन क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ । योग्यता पुगेका जुनसुकै ‘क्लस्टर’ का प्रतिनिधिले पनि पदाधिकारीको प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था छ ।
केन्द्रीय कमिटीमा खुला हलबाट २ सय १५ र सात प्रदेश भुगोलबाट ६७ गरी २ सय ८२ जना निर्वाचित हुनेछन् । प्रदेश भुगोलअन्तर्गत सातै प्रदेशबाट ६ खुला र ३ महिला निर्वाचित हुनेछन् । यस्तै उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटीबाट २, २ जना चुनिनेछन् । केन्द्रीय कमिटीमा हलबाट खुला ४४ र महिला २३ जना चुनिनेछन् ।
एमालेको १० औं महाधिवेशनले १९ पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो बनाउँदैछ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ७ सचिव र ३ उप-महासचिव रहनेछन् । वर्तमान उपमहासचिव पौडेलले बन्द शत्रमा प्रस्तुत गरेको खाकाअनुसार आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, पिछडिएको क्षेत्र ‘क्लष्टर’अन्तर्गत २ सय १५ जना चुनिनेछन् । जसमा १ सय ३७ खुला र ७७ महिला रहेका छन् ।
केन्द्रीय अनुशासन कमिटी, निर्वाचन कमिटी र लेखा आयोग २५, २५ सदस्यीय बन्दैछन् । त्यसमा पनि एक तिहाइ महिला चयन हुने जनाइएको छ । २५ सदस्यीय अनुशासन, निर्वाचन र लेखा आयोगमा अध्यक्ष-१, उपाध्यक्ष-१ र सचिव-१ रहनेछन् । बाँकी २२ जनामध्ये पनि १३ खुला र ९ महिला छानिने छन् । ‘अध्यक्षले यी क्षेत्र समेटर नाम प्रस्ताव गर्दा कुनै पनि आग्रहमा गर्नुहुन्न र न्याय विवेकको आधारमा गर्नुहुन्छ भन्ने विश्वास छ,’ शनिबारको बन्दशत्रमा खाका सुनाउँदै पौडेलले भनेका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया