अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ- सरकारले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाएको जानकारी दिए ।
गृह मन्त्रालयको निर्णय कार्यान्वयनका गर्न अध्यागमन विभागले मातहतका अध्यागमन कार्यालयहरूलाई परिपत्र गरिसकेको छ । अफ्रिकी देशहुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोभिड परीक्षणको रिपोर्ट र प्रवेशको औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको पोखरेलले प्रस्ट पारे ।
कोभिडको नयाँ भेरिएन्ट ओमीक्रोनबाट संक्रमित भएकाहरू दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरूले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरू लिन थालेका छन् ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया