मनाङका बाढी पहिरोपीडितलाई आर्थिक सहयोग

मनाङ - मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरी दुई लाख रूपैयाँका दरले मनाङका ७४ घरधुरीलाई राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
‘बाढीपहिरोबाट पूर्णक्षतिग्रस्त घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकक्षतिग्रस्त घर परिवारलाई राहत दिने विषयमा टेबल हुन बाँकी रहेकाले पूर्णक्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ,’ प्रजिअ आचार्यले भने ।
पूर्णक्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले बाढी पहिरोले क्षति पुगेको स्थलमा आइतबार पुगेर राहत हस्तान्तरण गरे । सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पु¥याउने लक्ष्यका साथ प्रदान गरिएको बताए ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया