पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था आउँछ : प्रदीप ज्ञवाली
चितवन - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभर आफूहरूको छलफलबाट पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था आउन लागेको बताएका छन् । कमिटीको सर्वसम्मत सूचीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन् ।
‘पदािधकारीमा कुरा मिल्यो भन्ने अवस्थामा हामी छौं । अहिले यत्ति भनौं,’ सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने । नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गत दोस्रो दिन बन्द सत्र सुरु भएको छ । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्द सत्र झण्डै ९ बज्न लाग्दा पनि औपचारिक रूपमा सुरु हुन बाँकी छ ।

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री …

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिन्छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया