नामावलीकाे अध्यक्षमा केपी शर्मा ओलीकाे मात्रै नाम, अरु पद खाली !

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु हुनै लाग्दा विष्णु पौडेलले सहमति भएका नामावलीको प्रिन्ट गरेका छन् । तर सो प्रिन्टमा अध्यक्षमा केपी शर्मा ओलीको नाम मात्रै उल्लेख छ । बाँकी पदमा खाली छ ।
अध्यक्षमा ओलीको नाम लेखेरै प्रिन्ट गरिएको नामावलीमा उपाध्यक्ष, महासचिवको ठाउँ भने खाली छ । सम्भवतः सहमति भएका नाम बन्द सत्रमा प्रस्ताव गरेर पारित गरेपछि मात्रै भर्ने तयारी अनुसार प्रिन्ट गरिएको अनुमान गर्न सकिन्छ । तर ओलीले सर्वसम्मतिको रटान लगाईरहदा पछिल्लो २२ घण्टामा आफ्नो नाममा मात्रै सहमति गरेको पनि देखिन्छ ।
बाँकी भएको भनिएको सहमति प्रिन्टमा नदेखिनुले बन्द सत्रमा साझा रुपमा सहमति भएकाकाे नाम प्रस्ताव गर्ने र सोही अनुसार पारित गर्ने तयारी रहेको देख्न सकिन्छ । बन्द सत्र केही बेरमा सुरु हुँदैछ । पौडेलले बन्दसत्र बाहिर पत्रकार बसेकै ठाउँनेर रहेको कम्प्युटरबाट सहमति भएको भनिएको नामावली प्रिन्ट गरेका हुन् ।
अध्यक्षमा भीम रावलले पनि दाबी गरेका छन् । उनले ओलीले मात्रै सहमति जुटाएकाे भनिएकाे सर्वसम्मत नमान्ने बताउँदै आएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि सहमति जुटाउन सकस भइरहेकाे छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया