आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

भोलि महाधिवेशनस्थल पाउन गाह्रो छ - ओली

फाइल फोटो

चितवन - एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि महाधिवेशनस्थल पाउन गाह्रो हुने टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेपछि अध्यक्ष ओलीले भोलि महाधिवेशन आफुले नपाउने भन्दै आज नै प्रक्रिया सकाएर सहयोग गर्न आग्रह गरेका छन् ।

‘भोलि महाधिवेशनस्थल आफुहरुले नपाउने भएकाले आज नै प्रक्रिया सकाएर सहयोग गर्नुस’, उनले भने, ‘अन्यथा चुनावका लागि मनोनयन दिन पाउने, उम्मेदवार बन्न पाउने तर भोलि महाधिवेशनस्थल नपाउने अवस्था आउन सक्छ ।’