भारतमा एकै दिन आठ हजार ७७४ कोरोना सङ्क्रमित थपिए

भारत- भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । हिजो शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८।३३ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ ।
यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ । एएनआई

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया