रावलले दिए अध्यक्षमा उम्मेद्वारी, उनको समूहले पदाधिकारीसहित सबै पदमा उम्मेद्वारी दिने

सौराहा- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ ।
अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरिरहेका छन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज विहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् ।
रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेद्वारी पर्नेछ । उम्मेद्वारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया