वरिष्ठ उपाध्यक्षबाट पछि हट्दै उपाध्यक्षमा किन दिए नेम्वाङले उम्मेदवारी ?
चितवन - एमाले नेता सुवास नेम्वाङले बार्गेनिङ गर्ने काम आफ्नो नभएर अरुको भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तर नेम्वाङलाई भने चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष ओलीसँग के कुरा भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेम्वाङले आफू पार्टीको सच्चा सिपाही भएको तर बार्गेनिङ गर्ने नभएको बताए । पार्टीले जुन जिम्मेवारी दिन्छ उक्त जिम्मेवारी सहर्ष स्वीकार गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङको जिकिर छ ।
नेम्वाङले वरिष्ठबाट पछि हट्नुलाई अध्यक्ष ओलीले राष्ट्रपति बनाउने वाचा दिएको भन्ने सहमति भएको पनि बताइएको छ । तर नेम्वाङले भने त्यस्तो कुनै सहमति नभएको बताएका छन् ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया