पार्टी एकतालाई जोगाइराख्न महासचिवबाट पछि हटेँ : पृथ्वीसुब्बा गुरुङ
चितवन- एमाले नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । महासचिवमा उम्मेदवारी दिने बताइरहेका गुरुङले पार्टीभित्रको एकतालाई जोगाइराख्न आफ्नो उम्मेद्वारी उपमहासचिवमा भएको बताएका हुन् । उपमहासचिवमा अन्यकाे उम्मेदवारी परेकाे छैन् ।
पार्टीभित्र एउटै पदमा आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न चुनौती भएको उनले बताए । वरिष्ठ उपाध्यक्षका लागि सुवास नेम्वाङ र शंकर पोखरेलबीच बाजाबाज भएको हो भन्ने ईकागजको प्रश्नमा त्यसमा सहमति भइसकेको उनले बताए ।
एमाले महाधिवेशनपछि भीम रावलको भुमिका हिजाकोे भन्दा एकताबद्ध र सुदृढ भएर आउने गुरुङले विश्वास गरे । भीम रावल र घनश्याम भुषालको उम्मेदवारीले पार्टीलाई अझै बलियो बनाउने उनले बताए । महाधिवेशनले नै सबैको अवस्था क्लियर गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया