आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

कांग्रेसले निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शनलाई शसक्त बनाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शनलाई शसक्त बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गतेको निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शनलाई शसक्त पार्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै कडा रुपमा आन्दोलन गर्ने तयारी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा सभापति देउवाले पुस १३ गतेको निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको कार्यक्रम रहेको भन्दै देउवाले केही दिन बैठक स्थगन गर्नुपर्ने बताएका थिए ।

सोही प्रस्ताव अनुसार नै कार्यसमितिको अर्को बैठक १९ गते बस्ने तय भएको प्रवक्ता शर्माले बताए । संसद बिघटनको विरुद्धमा कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।